६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए ।

छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उनले भने, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।”

मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताए ।

“बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन,” उनले भने, “पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।”

कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उनले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उनको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उनले जोड दिए ।

“प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ,” उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

सियोल– दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

चुरे संरक्षणका लागि दोहन रोकौँ : उपप्रधानमन्त्री सिंह

महेन्द्रनगर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक

दुबईः आप्रवासी कामदारका सम्बन्धमा कानुनी अधिकारको दुरुपयोग गरेको आरोप लागेको

कैलालीमा चैते धान उत्पादन वृद्धि

अत्तरिया– कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ