एमबीबीएस प्रवेश परीक्षामा आशिक झा उत्कृष्ट « Khabarhub

एमबीबीएस प्रवेश परीक्षामा आशिक झा उत्कृष्ट


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा विश्वनिकेतन माध्यमिक विद्यालमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेका आशिक झा उत्कृष्ट भएका हुन् । धनुषा स्थायी घर भएका झाले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेका उत्कृष्ट बन्न सफल भएका हुन् ।

उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् । प्रवेश परीक्षामा देशभरबाट सहभागी भएका ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै सर्वोत्कृष्ट बनेका हुन् ।

आयोगले पहिलो पटक एमबीबीएसका लागि पहिलो पटक प्रवेश परीक्षा लिएको हो । प्रवेश परीक्षामा उत्कृष्ट भएका झालाई विश्वनिकेतन माविका प्रधानाध्यापक हेडम्बराज कडेलले झा अत्यन्तै मेहनती विद्यार्थी भएको बताए ।

प्रधानाध्यापक कडेलले झालाई बधाई तथा शुभकमना समेत दिएका छन ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  २ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया