प्रदेश १ मा ८४७ कोरोना संक्रमित थपिए  « Khabarhub

प्रदेश १ मा ८४७ कोरोना संक्रमित थपिए 


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ५६५ र एक हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४ जनामध्ये विराटनगरमा ४९, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा छ, भोजपुरमा दुई, इलाम र तेह्रथुममा चार/चार र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको छ ।

सो अवधिमा प्रदेशमा आज ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । जसमा २१९ महिला र ३४६ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : २९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु