भारी वर्षाले धोबी खोलामा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर) | Khabarhub Khabarhub

भारी वर्षाले धोबी खोलामा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण पानी निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।

निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । केही घरमा समेत पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ । खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।

 

धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ । यसैबीच पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।

गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला लगायतमा ठूलो बाढी आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ५० बजे

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन,

चितवनमा पहिलोपटक शल्यक्रियाबिना टालियो मुटुको प्वाल

चितवन- चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान