बेलको ह्याट्रिकमा वेल्सको जित « Khabarhub

बेलको ह्याट्रिकमा वेल्सको जित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान ग्यारेथ बेलले ह्याट्रिक गरेपछि फिफा विश्वकप छनोटमा वेल्सले बेलारुसलाई पराजित गरेको छ ।

आइतबार भएको युरोपियन छनोटमा वेल्सले बेलारुसलाई ३-२ गोलले पराजित गरेको हो ।

बेलारुसको घरेलु मैदानमा बेलले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

२९औँ मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३१औँ मिनेटमा पाभेल सेडकोले गोल गरेपछि घरेलु टिमले २-१ को अग्रता लियो । तर,खेलको ६९औँ मिनेटमा बेलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्ज्युरी समयमा बेलले ह्याट्रिक पूरा गर्दै वेल्सलाई ३-२ को रोमान्चक जित दिलाए । जितसँगै वेल्सले ३ खेलमा ६ अंक जोडेको छ । वेल्स समूह ई को तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ३० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी