सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन « Khabarhub

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् ।

दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो ।

जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थिए ।

देवघाटका शिक्षा अधिकृत होमनाथ लामिछानेले तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरी विद्यालयमा पठनपाठन सुरु गरिएको जानकारी दिए । “जोखिम कायमै रहेकाले सबै मापदण्ड अपनाउन विद्यालयलाई निर्देशन दिएका छौँ”, उनले भने ।

व्यासले गत सातादेखि विद्यालय सञ्चालन गरेको थियो । शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले सम्भव भएसम्म वैकल्पिक विधिअनुसार अनलाइन कक्षा सञ्चालन गर्न र अनलाइन कक्षा सञ्चालन हुन सम्भव नभएमा १०० भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित २ बजेसम्म प्रत्यक्ष सबै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए ।

सयभन्दा बढी विद्यार्थी भएमा एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी नरहने गरी दिउँसो २ बजेसम्म मात्र कक्षा सञ्चालन गर्न र धेरै विद्यार्थी भएका विद्यालयले २५ भन्दा बढी प्रत्यक्ष कक्षामा नरहने गरी विभिन्न समूह वा सिफ्ट वा जोरबिजोर आधारमा कक्षा सञ्चालन गर्न भनिएको उनले जानकारी दिए ।

शुक्लागण्डकी–९ घारीस्थित तालबेँसी माध्यमिक विद्यालयका प्रधानाध्यापक धु्रव वाग्लेले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा अपनाएर कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

“विद्यार्थी विद्यालय छिर्ने बेलामा ज्वरो नाप्छौँ, मास्क अनिवार्य गरिएको छ । विद्यार्थीले घरबाट नलाइकन आएमा विद्यालयले मास्क दिन्छ । स्यानिटाइजर लगाएपछि मात्र कक्षाकोठामा प्रवेश गर्न दिएका छौँ”, उनले भने ।

कक्षामा एउटा बेन्चमा दुई जनामात्र विद्यार्थी राख्ने गरेको उहाँले बताउनुभयो । कक्षामा २५ बढी राखिएको छैन । १–५ का विद्यार्थीलाई बिहान १० बजेदेखि १ बजेसम्म र  ६–१० का विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाइएको छ ।

शुक्लागण्डकीकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन् । कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए ।

घिरिङले गत साउनको सुरुआतदेखि नै विद्यालय सञ्चालन गरेको थियो । गत असार महिनामा भर्ना अभियान चलाएर साउनबाट विद्यालय खोलिएको हो ।

सङ्क्रमणको कम जोखिम भएका विद्यालय खुलाएर पठनपाठन जारी राखेको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । “ बिरामी देखिन्छन् त्यहाँ विद्यालय बन्द गर्‍यौँ । जोखिम नभएका विद्यालयमा निरन्तर पढाइ चल्यो । यसैगरी साउनदेखि विद्यालय चलाएका छौँ”, उनले भने ।

विद्यालय नखुलेका स्थानीय तहमा पनि विद्यालयले खोल्ने अनुमति मागेका छन् । भिमादले पनि विद्यालय खोल्ने तयारी गरेको स्रोतव्यक्ति केशवराज वाग्लेले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’