काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित) « Khabarhub

काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ वर्षाले एक सयभन्दा बढी स्थानमा डुबान भएको छ । भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते, मनहोरा खोलालगायतका तटीय क्षेत्रमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ ।

काठमाडौँको अनामनगर, रातोपुल, कालोपुल, बल्खुलगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केही साना गाडी  बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

यस्तै टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पती चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी, काँडाघारीलगायतका क्षेत्र डुबानमा परेपछि उद्धारमा प्रहरी खटाइएको छ  ।

 

सोमबार बिहान ८ बजेसम्म ३८५ घरधुरी डुबानमा परेको सूचना आएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए ।

ठाउँठाउँमा डुबान र बाढीको सूचना प्राप्त भएपछि राति नै एक सयभन्दा बढी ठाउँमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

हेर्नुहोस् भडियो

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ३१ बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’