बाढीले बल्खुको तरकारी बजारमा भागाभाग, कम्तीमा २ करोडको क्षति (फोटो फिचर) « Khabarhub

बाढीले बल्खुको तरकारी बजारमा भागाभाग, कम्तीमा २ करोडको क्षति (फोटो फिचर)



काठमाडौँ– कोही साबेलले हिलो माटो उठाएर फालिरहेका थिए । कोही ठेलामा डोरी लगाएर मिलीजुली माटो र बालुवाको लेदो उठाउँदै फाल्नमा व्यस्त थिए ।

यस्तो दृश्य हो सोमबार बिहान बल्खुस्थित फलफूल तथा तरकारी बजारको । बल्खुको तरकारी बजारमा पूर्वाह्न दुई बजे नै चहलपहल शुरू हुन्छ ।

सोमबार बिहान व्यवसायीहरू तरकारी मिलाइरहेका थिए । अचानक बाग्मती उर्लिएर तरकारी बजार भरिएपछि भागाभाग भयो । ज्यान बचाउन भाग्नु परेपछि उनीहरूलाई आफ्ना सामानको चिन्ता भयो ।

‘१० मिनेटमै पानीले तरकारी सखाप पार्यो नि !’ ५८ वर्षिया अमृतबहादुर बस्नेतले भने, ‘मेरो कम्तीमा ५० हजारको तरकारी बगायो ।’

उनको व्यवसाय भनेकै तरकारी व्यापार हो । यही व्यवसायले १० वर्षदेखि परिवार पाल्दै आइरहेका छन् । बजारमा पानी पसेर सबै तरकारी बगाएको चाहिँ उनले पहिलो पटक देखेका हुन् ।

‘मुला, गाँजर, काँक्रो, बन्दा, काउली, भेन्टा थुप्रै तरकारी राखेको थिएँ,’ उनले छरपस्ट बजार देखाउँदै भने, ‘हेर्नुस् त ! केही छैन अहिले ।’

अर्का व्यवसायी राजकुमार राईले आजै बेच्न ठिक पारेको ८० हजार रुपैयाँको तरकारी बगाएको बताए । उनले डल्ले चाउ, पाते चाउ लगायत अनेक किसिमका तरकारी राखेका थिए । बागमतीको ढलको लेदो तरकारी बजारमा पस्दा बजारमा भेला भएका व्यापारीहरू तर्सिएर भाग्न थाले । ‘बाहिर हेर्दा हेर्दै घुँडासम्म पानी आइसकेछ,’ उनले खबरहबसँग भने, ‘तरकारी छोडेर भाग्नुको विकल्प नै थिएन ।’

राजकुमारका अनुसार तरकारी बजारमा पानी पस्न थाल्दा बिहानको सवा चार बजेको थियो । पाँच बज्दा बजार पूरै जलमग्न भइसकेको थियो । पानी घट्न थालेपछि उनीहरू बजार पसे ।

राजकुमारले भने, ‘पानीले बागमतीको लेदो ल्यायो, सबै तरकारी बगायो, लेदोले पु¥यो ।’ उनीहरूका अनुसार यससघि २०६८ सालमा तरकारी बजारमा यसरी नै पानी पसेको थियो । अहिलेको जति क्षति भने भएको थिएन ।
२५० स्टलबाट २ करोडभन्दा बढी क्षति !

सोमबार बिहान तरकारी बजारमा पसेको बाढीले २५० वटा स्टलमा क्षति पु¥याएको तरकारी बजारका सञ्चालक मोहन बस्नेतले खबरहबलाई जानकारी दिए ।

‘पाँच वटा खाद्य गोदाम; लसुन, अदुवा र प्याजको २५ वटा गोदाममा पानी पस्यो,’ उनले भने, ‘तरकारी र खाद्य गरी २ करोडभन्दा बढिको क्षति भएको छ ।’

उनका अनुसार तरकारी बोक्ने, फोहोर बोक्ने र व्यवसायीले प्रयोग गर्ने केही मोटरसाइकलहरू हिलोमा पुरिएका थिए ती अहिले बनाउन पठाएका छौँ ।

मौसम ठिक भए सबै सफाइ हुन र तरकारी बजार सञ्चालन हुन दुई दिन लाग्ने बस्नेतले बताए ।

 

 

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : ३९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।