कुवेतमा मदिरा कारखाना सञ्चालन गर्ने ४ नेपाली पक्राउ « Khabarhub

कुवेतमा मदिरा कारखाना सञ्चालन गर्ने ४ नेपाली पक्राउ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुवेतमा अवैध मदिरा कारखाना बनाएको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् । कुवेतको हवालीस्थित ९ वटा अपार्टमेन्टमा नेपालीहरुले मदिरा कारखाना बनाएको जनाइएको छ ।

अपार्टमेन्टमा मदिरा कारखाना बनाएको सूचनापछि कुवेतको गृह मन्त्रालयले प्रहरी परिचालन गरेको थियो । कुवेत प्रहरीले ती अपार्टमेन्टबाट ४ जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।

खानतलासीमा सयौं ब्यारल रक्सी तथा मदिरा बनाउने सामान प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

कुवेतमा पछिल्लो समय अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नेपालीहरूको संलग्नता देखिन थालेको छ। यसअघि पनि अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको मुद्दामा प्रहरीले केही नेपाली पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ५० बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै