कुवेतमा मदिरा कारखाना सञ्चालन गर्ने ४ नेपाली पक्राउ | Khabarhub Khabarhub

कुवेतमा मदिरा कारखाना सञ्चालन गर्ने ४ नेपाली पक्राउ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुवेतमा अवैध मदिरा कारखाना बनाएको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् । कुवेतको हवालीस्थित ९ वटा अपार्टमेन्टमा नेपालीहरुले मदिरा कारखाना बनाएको जनाइएको छ ।

अपार्टमेन्टमा मदिरा कारखाना बनाएको सूचनापछि कुवेतको गृह मन्त्रालयले प्रहरी परिचालन गरेको थियो । कुवेत प्रहरीले ती अपार्टमेन्टबाट ४ जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।

खानतलासीमा सयौं ब्यारल रक्सी तथा मदिरा बनाउने सामान प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

कुवेतमा पछिल्लो समय अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नेपालीहरूको संलग्नता देखिन थालेको छ। यसअघि पनि अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको मुद्दामा प्रहरीले केही नेपाली पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड