स्रोत नखुलेको ११ लाख भारतीय नोटसहित एक जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ११ लाख भारतीय नोटसहित एक जना पक्राउ


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ ।

विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ । भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ ।

मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए। भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ । स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो । तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ३८ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको