कोरोना खोप नलगाए पनि साउदी जान पाइने, नेपाली कामदारलाई राहत « Khabarhub

कोरोना खोप नलगाए पनि साउदी जान पाइने, नेपाली कामदारलाई राहत


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबले कोभिड-१९ महामारी जारी रहेका बेला पनि विदेशी नागरिकका लागि यात्रा नीति परिवर्तन गरी केही सहज बनाएको छ ।

खोप नलगाएका यात्रु दुई दिन होम क्वारेनटाइन बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान दिइने साउदी अरबको गृह मन्त्रालयले जनाएको छ । यससँगै अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश पाउने भएका छन् ।

आठ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मेडिकल टेस्टबाट छुट दिइने छ भने उनीहरूले आगमनको समयदेखि ४८ घण्टासम्म होम  क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सी जनाएको छ ।

नयाँ नियम अनुसार, कुनै पनि अनुमोदित भ्याक्सिन-फाइजर-बायोटेक, अक्सफोर्ड-एस्ट्राजेनेका, मोडर्ना, वा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज पनि नलगाई साउदी प्रवेश गर्नेले होम क्वारेनटाइन बस्नुपर्नेछ ।

साउदीले यसअघि आफ्नो देश प्रवेश गर्ने हरेक नागरिकलाई पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने नियम बनाएको थियो । साउदीको यो निर्णयसँगै अब नेपाली कामदारले पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : २८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको