प्रकाश दाहाल दोस्रो स्मृति खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिममा    « Khabarhub

प्रकाश दाहाल दोस्रो स्मृति खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिममा   


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रकाश दाहाल दोस्रो स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साता शुरू हुने भएको छ ।

नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ ।

प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबारको नियम अनुसार खेलाईने संघले जनाएको छ ।  पुरुषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी,६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी, ७५ केजी, ८० केजी, ८६ केजी, ९२ केजी र ९२ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४८ केजी, ५०केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताइएको छ । यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा समेत लिएको बक्सिङ संघले जनाएको छ । प्रतियोगीताको अनुमानित लागत ३५ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : ४० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४