सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’ « Khabarhub

सेयरबजारमा सुधार, १३ कम्पनीको कारोबारमा सकारात्मक ‘सर्किट’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ । तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ ।

बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ । कारोबार भएका सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा समूह ४०७ अंकले बढेको छ भने लघुवित्त २९६ र जीवन बीमा २५७ अंकले बढेको छ । विकास बैंक २२४ अंकले उक्लिएको छ ।

१३ कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ । बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास लघूवित्त, नयाँ सारथी,  मिथिला लघुवित्तलगायतको सेयरमा पोजेटिभ ‘सर्किट’ लागेको छ ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : २७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता