लुम्बिनी प्रदेशसभा प्रतिस्थापन विधेयक पेश « Khabarhub

लुम्बिनी प्रदेशसभा प्रतिस्थापन विधेयक पेश


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगत खर्चतर्फ रु २२ करोड ४७ करोड १५ लाख रहेको छ । प्रतिशतका आधारमा कूल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशतअर्थात् रु चार अर्ब ८४ करोड २३ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान प्रतिपक्षी दल नेकपा एमालेले लिएको छ । यसअघि भएको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको थियो । नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : २६ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको