गण्डकीमा ८४ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

गण्डकीमा ८४ कोरोना संक्रमित डिस्चार्ज


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९३ जना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका ५७ जना, स्याङ्जाका १५ जना, लमजुङ र गोरखाका छ/छ जना, नवलपरासी पूर्वका पाँच र तनहुँका चार जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमित एक हजार ४३ जना छन् भने होम आइसोलेशनमा ८९७ जना रहेका छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कूल सङ्क्रमित ८६ हजार १८१ छन् भने हालसम्म निको हुनेको सङ्ख्या ८३ हजार ७६६ रहेको छ । सङ्क्रमणका कारण प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ४५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको