लेनिनले पाएको सफलता « Khabarhub

लेनिनले पाएको सफलता


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसको क्रान्तिपछि लेनिन रुसको पहिलो शासक बने । त्यसपछि उनले माक्र्सको साम्यवादी राज्यको कल्पनालाई साकार रुप दिए ।

बालककालदेखि नै लेनिन गम्भीर तथा विचारशील थिए । खेलमा उनको रुचि थिएन । साथै केटाकेटीसँग पनि एकदमै कम मात्रै खेल्थे । युवा कालमा पनि उनको संगीत, कविता, धर्म आदिमा कुनै चाख थिएन । शायद कम रुचि कै कारण लेनिन महान बन्न सफल भए । किनकि उनले सम्पूर्ण शक्ति आफ्नो एउटै लक्ष्यमा एकाग्र भएर लाग्न प्रयोग गरे ।

सन् १८८७ मा लेनिनका दाइलाई त्यहाँका राजाको हत्याको षड्यन्त्र रचेको आरोपमा मृत्युदण्ड दिइयो । त्यही वर्ष लेनिनलाई एउटा विद्यार्थी आन्दोलनमा सहभागी भएको आरोपमा विश्वविद्यालयबाट निष्कासन गरियो । घरमै बसेर उनले कानूनको अध्ययनका साथै कार्ल माक्र्सको दास क्यापिटलको पनि अध्ययन गरे । यसले उनलाई ज्यादै प्रभावित गर्‍यो ।

क्रान्तिपछि सन् १९१७ मा लेनिन रुसका शासक बने । शासक बने पछि पनि उनले सादा जीवन उच्च विचारको सिद्धान्तलाई अनुकरणीय रुपमा लागु गरिरहे । यो समय चिनीको अभाव थियो । त्यसैले लेनिनले पनि चिनी विना नै चिया पिउने निर्णय गरे । उनले सेक्रेटरी राखेर आफू विलासी नबन्ने निर्णय गरे । उनी आफ्नो चिठी आफै लेख्थे भने १८ देखि २० घण्टा सम्म काम गर्दथे ।

जब लेनिनलाई पक्षघात भएर दाहिने हात नचल्ने भयो, तब उनले देब्रे हातले लेख्न सिके । २ वर्षसम्म लेनिन मृत्युसँग संघर्ष गर्दै रहे । त्यस वेला पनि उनी बारम्बार भन्थे अझै पनि मेरा कति धेरै काम बाँकी छन् ?
साभारः ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ४६ बजे

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र