मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी « Khabarhub

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन  लागिपरेका छन् ।

विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् ।

आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । ‘विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्’, उनले भने, ‘कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायत काममा व्यस्त छन् ।’

मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि बनेको पराजुलीले बताए । उनले भने, ‘कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।’

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले यस बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ ।

मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई हुन्छ । उनीहरू बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ । एउटा मुढा रु २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको उनको भनाइ थियो । उक्त कारागारमा हाल २८२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : ४० बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक