चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल « Khabarhub

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र  नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् ।

यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा  शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरेका छन् ।

यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : ०५ बजे

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल