मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने « Khabarhub

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ । तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।

गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको टेम्प्लेट मेटाउने जनाएपछि गोपनियता अधिकारका वकालतकर्ता तथा अनुहार पहिचान गर्ने नीतिका आलोचकहरुले खुसी व्यक्त गरेका थिए ।

विवादस्पद डिपफेस एल्गोरिथ्म समावेश गर्ने प्रविधि ट्यागिङ गर्ने उद्देश्यका लागि अपलोड गरिएका तस्बिरमा व्यक्ति पहिचान गर्न प्रयोग गरिएको थियो ।

फेसबुकले अनुहार चिन्ने सफ्टवेयर आइन्दा प्रतिबद्धता व्यवहारमा लागू गरिसकेको छ । त्यसैगरी, मेटाभर्स उत्पादनमा यो सफ्टवेयर चालू राखे पनि विस्तार चाहिँ नगर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

‘यस प्रविधिमा भविष्यमा सकारात्मक रुपमा प्रयोग गरिने केसहरुलाई गोपनियता, नियन्त्रण र पारदर्शिता कायम राख्दै सबल पार्ने क्षमता छ भन्ने हामीलाई विश्वास लाग्छ । हामीले कसरी कम्प्युटिङ प्लेटफर्म र उपकरणले मानिसका आवश्यकता पूरा गर्न सक्छौं भन्नेमा पनि अन्वेषण जारी राख्नेछौं,’ मेटाका प्रवक्ता जेसन ग्रोसले भने।

रिपोर्टका अनुसार मेटाले विभिन्न खालका बायोमेट्रिक उपकरण प्रयोगलाई निरन्तरता दिन्छ किनभने यो आक्रामक रुपमा मेटाभर्समा रुपान्तरित हुन्छ। आर्टिफिसियल इन्टिलिजेन्स प्रविधियुक्त डिपफेसको अनुहार पहिचान प्रणाली प्रयोगकर्ताको तस्बिरका साथै सिर्जना गरेको फेसियल टेम्प्लेटसँग मेल खान्छ ।

मेटाको मेटाभर्स एक बहुप्रयोगकर्ता भिआर स्पेस हो, पोर्टल हार्डवेयरमार्फत् जसको पहुँचमा पुग्न सकिन्छ । वास्तविक समयअनुसार ट्रयाकिङका साथ यो प्लेटफर्मले तथ्यांक संकलनमा नयाँ सहजता प्रदान गर्छ, जुन फेसबुकद्वारा धकेलिएको सीमाभन्दा धेरै टाढा जान्छ ।

वास्तवमा, डिपफेससँग बनाएको योजनाबारे मेटाले खुलासा गरेको छैन। तर, कम्पनीले प्रयोगकर्तालाई आगामी परिवर्तनबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

‘आगामी दिनमा यस्ता खालका प्रविधिको सम्भावित उपयोेगका लागि नागरिकले यसको प्रयोगबारे कस्तो चाहना राखछन्, यो प्रणाली र यसभित्र रहेको डाटालाई मानिसहरुले कसरी नियन्त्रण गर्न सक्छन् भन्नेबारे हामी उनीहरुलाई सुसूचित गरिहन्छौं। हामी कसरी नवप्रवर्तनको ढाँचालाई अगाडि बढाउँछौं भन्नेबारे पनि जानकारी दिन्छौं,’ ग्रोसले भने।

ग्रोसले यसो भनिरहँदा फेसबुकमा रहेको अनुहार पहिचान गर्ने पद्धतिसँग यो मेल खाँदैन। फेसबुकमा अनुहार चिन्ने प्रणाली सुरु भएको नौ वर्षपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : ०० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी