कोरोनासँगको लडाइमा सेरमका पुनवालाको साहस | Khabarhub Khabarhub

कोरोनासँगको लडाइमा सेरमका पुनवालाको साहस


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्ष सिङ्गो संसार कोरोना महामारीसँग लडिरहेको थियो । त्यसै समय ३९ वर्षीय एक भारतीय व्यापारीले एउटा जोखिम लिएका थिए । सेरम इन्स्टिच्युटका कार्यकारी प्रमुख अदार पुनवाला प्रमाणित नभएको भ्याक्सिनका लागि सयौँ मिलियन डलरको जोखिम लिँदै उत्पादन कार्यमा संलग्न हुन तयार भएका थिए ।

त्यो समय अक्सफोर्ड विश्वविद्यालाय र अस्ट्रेजेनकाको उत्पादनमा रहेको भ्याक्सिन क्लिनिकल ट्रायलका क्रममा रहेको थियो । यो उपयोगी साबित हुन्छ कि हुँदैन भन्नेमा शङ्का थियो भने उत्पादन समयको बारे पनि अन्योल थियो ।

त्यो समय सम्झँदै पुनवाला व्यावसायिक रूपले हेर्दा जोखिम भए पनि मान्छेको जीवनलाई आधार मान्दा उक्त निर्णय नगरेको भए धेरैले पछुताउने अवस्था आउन सक्ने बताउँछन् ।

पुनवालाले सोही समयमा १ बिलियन डलर उठाउने र त्यही रकमको उपयोग गर्दै संसारका लाखौँ मानिसको ज्यान जोगाउने योजना बनाए । उनले संसारका गरिब देशलाई पनि सहयोग गर्ने सोचेका थिए ।

संसारका धेरै देशले पुनवालालाई विश्वास गर्दै रकम उपलब्ध गराउँदै थिए । यसैबीच बेलायतले अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिएपछि पुनवाला पनि भारतमा नायक साबित भए । भ्याक्सिनले अनुमति त पायो तर शताब्दीमा एक पटक आउने गरेका महामारी नियन्त्रणका लागि भ्याक्सिन सही स्थानमा लैजान र वितरण गर्ने कुरामा सेरम इन्स्टिच्युटले अनुमान गरेभन्दा धेरै कठिन अवस्था आइलाग्यो ।

सेरमलाई संसारका सबै देशमा भ्याक्सिन वितरण गर्न कठिन भइरहेको समयमा भारतमा अप्रत्याशित दोस्रो लहर शिखरमा पुगेपछि अन्य कुनै पनि देशमा सेरमको कोभिसिल्ड पठाउन भारतले बन्देज लगाएको थियो ।

सामुदायिक स्वास्थ्यमा चासो राख्नेका लागि पुनवाला अहिले चर्चाका पात्र हुन् । संसारकै ठूलो भ्याक्सिन निर्माता सेरम इन्स्टिच्युटको स्थापना पुनवालका बाबु साइरसले ५५ वर्षअघि गरेका थिए । सेरमले प्रत्येक वर्ष दादुरा, रुबेला र टिटानस लगायतको गरी एक अर्ब ५० करोड मात्रा भ्याक्सिन उत्पादन गर्ने गरेको छ ।

विश्वका स्वाथ्यविज्ञहरूले थोरै कम्पनीले मात्र मान्यता पाएको समयमा सेरमले धेरैसँग सम्झौता गर्नु स्वाभाविक भए पनि एउटै कम्पनीमा निर्भर रहनु धेरै देशको गल्ती भएको बताउँछन् ।

यो भ्याक्सिन धेरैजसो संसारका गरिब देशमा जाने गरेको छ । संसारका ५० प्रतिशतभन्दा बढी बालबालिकालाई सेरमले उत्पादन गरेको भ्याक्सिन दिने गरिएको छ । यसमा भारतसहित मध्यम तथा निम्न आय भएका देशका नागरिक धेरै पर्छन् ।

पुनवालाका पुर्खा भ्याक्सिन निर्माणभन्दा अघि घोडाको ब्रिडिङ गर्ने काममा संलग्न थिए । यो परिवार सन् ४० को दशकदेखि फर्मास्युटिकल, वित्तीय कारोबार र रियल स्टेटका कारोबारमा सक्रिय भएको हो ।

साइरस पुनवाला अहिले भारतका सातौँ धनी व्यक्ति मानिन्छन् । सन् २०११ मा सेरमका कार्यकारी प्रमुख बनाइएका साइरसका छोरा अदार पुनवाला सोही समयदेखि विश्वव्यापी रूपमा आफ्नो बजार विस्तार गर्न सक्रिय भएका थिए ।

पुनवालाले अस्ट्राजेनकाको भ्याक्सिन बनाउन कच्चा पदार्थ, केमिकल र ग्लासका लागि ८ अर्ब अमेरिकी डलर सुरुवातमै खर्च गरेको जनाएका छन् । अस्ट्राजेनेकासँगको सम्झौता लगत्तै उनले पश्चिम पुनेमा नयाँ प्लान्टको समेत निर्माण गरेका थिए ।

सेरमको यो सुरुवाती खर्चमध्ये २५० मिलियन डलर कम्पनीको खाताबाट रहेको थियो । यसै गरी विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट ३ सय बिलियन अमेरिकी डलर पाएका थिए ।

यसपछि सेरमले गरिब देशमा केही मात्रा भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नीति लिएको थियो । अन्य स्रोतको जोहो गर्ने काम भ्याक्सिन अर्डर गर्ने देशका सरकारले नै गरे । सेरमले एकैपटक ९ देशका साथै विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई पनि भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको थियो ।

यो भ्याक्सिनले अनुमति नपाएमा धेरै डोज फ्याँक्न तयार भएर नै सेरमले जोखिम लिएको थियो । सेरमले अन्तर्राष्ट्रिय स्तरमका सम्बन्ध विस्तारमा पनि आफूलाई सक्रिय राखेको थियो ।

अहिले भ्याक्सिनमा असमानता, गरिब देशको आर्थिक अवस्था, भ्याक्सिनप्रतिको हिच्किचाहट लगायत समस्या रहेका छन् । सेरमले विगतमा बाचा गरेका धेरै देशलाई भ्याक्सिन दिन बाँकी छ ।

आफ्नो कम्पनीलाई गेम चेन्जरको रूपमा उपस्थित गराउन पनि आफूले जोखिम लिएको पुनवालाले बताउँछन् ।

बेलायतले भ्याक्सिनलाई अनुमति दिएलगत्तै सेरमले विभिन्न देशलाई भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । गत मेसम्ममा जाभीमा सेरमले ३० मिलियन भ्याक्सिन उपलब्ध गराएको थियो ।

पुनवालाको यो योजना भारतमा कोभिड महामारी एक्कासि बढेपछि खेर गएको थियो । दैनिक ४ लाखभन्दा बढी पनि सङ्क्रमित भएका थिए । जानकारहरू सरकारी डाटामा यस्तो जनाइए पनि वास्तविक सङ्क्रमित यो भन्दा धेरै रहेको बताउँछन् ।

उक्त समयसम्ममा भारतले २ प्रतिशतलाई मात्र इम्युन गराएको थियो । भारतले सुरुवातमा आफ्ना नागरिकलाई सुस्त गतिमा भ्याक्सिन दिँदै भ्याक्सिन कूटनीतिलाई बढवा दिएको थियो ।

भारतमा एकाएक भ्याक्सिनको अभाव भएपछि अन्य कुनै पनि निकासीमा रोक लगाएको थियो । पुनवाला पनि आफ्नो देश पहिलो प्राथमिकतामा रहेको बताउँछन् ।

यसले संसारका धेरै गरिब देशलाई अप्ठेरो अवस्थामा लग्यो भने भने नेपाल र केन्या लगायत देशका धेरै जनाले कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाए पनि दोस्रो लगाउन पाएनन् ।

विश्वका स्वाथ्यविज्ञहरूले थोरै कम्पनीले मात्र मान्यता पाएको समयमा सेरमले धेरैसँग सम्झौता गर्नु स्वाभाविक भए पनि एउटै कम्पनीमा निर्भर रहनु धेरै देशको गल्ती भएको बताउँछन् ।

यसका बाबजुद धेरै जना पुनवालाले सुरुवातमा प्रतिबद्धता जनाएअनुसार भ्याक्सिन उपलब्ध गराउन नसकेकोमा आक्रोशित भए । त्यो आक्रोश अहिले पनि यथावतै छ ।

गत जुनमा सेरमले निम्न तथा मध्यम आय भएका देशका लागि मात्र १ बिलियन डलर डोज उपलब्ध गराउने जनाएको थियो । वर्षको अन्त्यसम्ममा ४ सय मिलियन डोज उत्पादन भएको थियो । भनेको जति उत्पादन नभएका कारणले सेरमप्रतिको आक्रोश सन् २०२१ को सुरुदेखि अहिलेसम्म यथावत छ ।

पुनवालाले भने हिसाबमा केही गल्ती भएको स्वीकार्दै बिस्तारै प्रतिबद्धता अनुसार उपलब्ध गराउने बताएका छन् । भारतमा कोरोना बढीरहेको समयमा उनले कोभिसिल्डको मूल्य घटाएका थिए ।

उनले आफ्नो देशका नागरिकलाई लक्षित गर्दै मूल्य घटाएको जनाए पनि अन्तर्राष्ट्रिय समुदाय यसबाट सन्तुष्ट रहन सकेन ।

भारतको कोरोना सङ्क्रमण शिखरबाट ओरालो लागेको छ । भारत कोभिसिल्डमा मात्रै निर्भर पनि छैन । अहिले भारतमा धेरै भ्याक्सिनलाई अनुमति छ । थुप्रै नयाँ कम्पनीको सम्झौता भएको छ ।

अहिले पनि सेरम इन्स्टिच्युटले मध्यम तथा निम्न आय भएका देशबाट नाफा नलिने आफ्नो योजनामा अडिग रहेको जनाउँदै आएको छ ।

अस्ट्राजेनकाले भने थुप्रै कम्पनीले पुरानो सम्झौता भङ्ग गरेको जनाएको छ । बजारमा धेरै भ्याक्सिनले मान्यता पाएपछि यसको मूल्य घटाउन अन्य भ्याक्सिनमा पनि दबाब बढेको छ ।

त्यसो त पुनवालाले सुरुवातदेखि नै यो महामारीको लडाइँ जित्ने क्रममा नाफालाई प्राथमिकतामा नराख्ने प्रतिबद्धता बारम्बार गरिरहेका छन् ।

अहिले भ्याक्सिनमा असमानता, गरिब देशको आर्थिक अवस्था, भ्याक्सिनप्रतिको हिच्किचाहट लगायत समस्या रहेका छन् । सेरमले विगतमा बाचा गरेका धेरै देशलाई भ्याक्सिन दिन बाँकी छ ।

यसबीचमा केही सकारात्मक पक्ष पनि छन् । भारतको कोरोना सङ्क्रमण शिखरबाट ओरालो लागेको छ । भारत कोभिसिल्डमा मात्रै निर्भर पनि छैन । अहिले भारतमा धेरै भ्याक्सिनलाई अनुमति छ । थुप्रै नयाँ कम्पनीको सम्झौता भएको छ ।

यसबीचमा पुनवालाका लागि पुराना आलोचकहरूका सामु पुरानै प्रतिबद्धता अनुसार वितरण गर्ने अवसर पनि छ । भारत सरकारले पनि सन् २०२२ को सुरुदेखि नै अन्य देशमा भ्याक्सिन उपलब्ध गराउन सकिने जनाएको छ ।

यसका लागि सेरमले अक्टोबरदेखि उत्पादन क्षमता पनि बढाएको छ । सेरमले एक महिनामा २२० मिलियन डोज कोभिसिल्ड उत्पादन गर्न सक्छ ।

रसियन डाइरेक्ट इन्भेस्ट फन्डसँग स्पुटनिकको लागि सम्झौता गरेको सेरमले अमेरिकी कम्पनी नोभाभ्याक्ससँग पनि सम्झौता गरेको छ ।

यावत आलोचनाका बाबजुद युवा कार्यकारीले सुरुवातमै लिएको जोखिम पक्कै महत्वपूर्ण हो । भारतको अवस्था सामान्य भएसँगै अपेक्षा गर्न सकिन्छ कि जसरी निम्न तथा मध्यम आय भएका देशको दादुरा, रुबेला र टिटानससँगको लडाइमा सेरमको उत्पादन मुख्य आधार ठहरिएको छ त्यसरी नै कोरोनासँगको लडाइँमा पनि सेरम प्रभावकारी साबित हुनेछ ।
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : ५८ बजे

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क

आजका समाचार : स:शुल्क खुल्यो धरहरा, एकै दिन लम्बियो रवि र दुर्गाको हिरासत बास, गुगल म्यापको भरपर्दा कार दुर्घटना

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो प्रधानमन्त्री केपी