बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान « Khabarhub

बाँसले बजार पाउन थालेपछि आम्दानी लिँदै किसान


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो ।

गाउँमा सामान्य डोको, डालो, थुन्से, नाम्लोलगायतका सामाग्री बनाएर बिक्री गर्दा आएका किसानहरू बाँसले बजार पाउन थालेपछि आम्दानी लिन थालेका छन् । गाउँका बस्तीहरूमा सडक सञ्जालहरू जोडिएसँगै यहाँका बाँसले मूल्य पाउन थालेको हो ।

करेसाबारी बार्न र सामान्य घरमा दाउरको रूपमा मात्र प्रयोग हुँदै आएको बाँस बिक्री हुन थालेपछि किसानहरू खुसी भएका छन् । बाँस बिक्रीबाट मात्र यो साल एक लाख ५० हजार आम्दानी लिएको ओख्रेका धनपती ढकालले बताए ।

‘बार लगाउन, दाउरा पोल्न, केही घरगोठ बनाउनका लागि मात्र प्रयोग गर्थ्यो, प्रयोग नभएको बाँस कुहिएर जान्थ्यो । तर, अहिले बजार पाएपछि हामीले राम्रो आम्दानी लिएका छौ’, ढकाल भन्छन् ।

ढकालजस्तै म्याङलुङका १० का पुकराज लिम्बूले बाँस बिक्रीबाट राम्रै आम्दानी लिएका छन् । बाँसले बजार मात्र पाएको छैन, गाउँमा कामको खोजीमा भौँतारिरहेका युवाहरू रोजगार बनेका छन् । रोजगार नहुँदा क्याराम बोर्ड, लुँडो र घरकै काममा रहेका युवाहरूले रोजगार पाउँदा परिवारमा गर्जो टार्नसमेत सहज भएको स्वस्तीका लिम्बूले बताइन् ।

केही वर्षअघिसम्म जंगलमै कुहिएर गएको बाँस यतिबेला यहाँका किसानको आम्दानीको स्रोत बनेको छ । प्रति गोटा ३० देखी ५० रुपैयाँसम्म व्यापारीहरूले खरिद गर्दै आएका छन् ।

जिल्लाको गाउँ गाउँमा रहेको बाँस काठमाडौं, काभ्रेको पाँचखाललगायत विभिन्न स्थानहरूमा निर्यात हुन थालेको छ । घर निमार्ण तथा तरकारी खेतीका लागि बाँस निर्यात हुने गरेको नविन ढकालले बताए । बाँस बिक्री हुन थालेपछि खाली जमिनहरूमा किसानहरूले बाँस रोप्न थालेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ४८ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक