जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी | Khabarhub Khabarhub

जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– बचत तथाऋण लगनीको क्षेत्रमा काम गर्दै आएको जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ ।

वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो ।

जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, टिमुर, चिनो, कागुनो, घिउ, महलगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट खोलेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।

‘यसवर्ष असोजमा भएको अविरल वर्षले मार्सी उत्पादनमा क्षति भएको छ । मार्सी पछिको पछिको प्रमुख नगदेबालीका रूपमा सिमी हो’, उनले भने, ‘सिजनमै कालो सिमी प्रतिकेजी १८० रुपैया छ । रातो सिमी १६०, मिस्कट सिमी १६० रुपैयामा बिक्री गर्ने गरेको छ । मार्सी धानको चामल प्रतिकेजी १६० रुपैयाँ बिक्री गरिएको छ ।’

यस वर्ष यस हकारी संस्थाले ५० लाखबराबरको मार्सी धान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरिएको छ । उनले सहकारीले सञ्चालन गरेको अर्गानिक मिनी मार्केट सुपथ पसलबाट दैनिक एक लाख बराबारको अगार्निक बस्तु बिक्रि हुने बताए । सहकारीले जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरूबाट संकलन गर्ने गरेको छ ।

अर्गानिक उत्पादन गर्ने किसानका लागि सहकारीले ब्याज नलिई २० हजार बरबार अनुदान दिने गरेको छ । किसानले अर्गानिक उत्पादन गरेर २० हजार बराबरको बस्तु दिने गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : २० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी