पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद « Khabarhub

पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् ।

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती बाजा पृथक धारको देखिएको छ ।

नौमती बाजामा तिहार विशेष गीत बजाउने र नाच्ने रहर हुनेहरू दिल खोलेर नाच्न पाउने भएपछि बाजा समूह रोजाइनमा परेका छन् । ‘बाजा समूह मौलिक लाग्यो,’ बागलुङ बजार निवासी खडक विकले भने, ‘बाजा समूहको विकास र व्यावसायिकताको लागि पनि राम्रो हो । बाजामा नाच्न मन लाग्ने सदरमुकाममा रहेका स्थानीय नाच्ने र गाउने गरेका छन् ।

पञ्चे बाजा समूहमा आबद्ध दाजुभाइमा दुःख परेको हुँदा यस वर्ष उनीहरूले टिका लगाएनन् । विगतका वर्षहरूमा पनि उनीहरूले तिहार सुरु भएको दिनदेखि बाजा बजाउने र तिहारको दिनमा टीका लगाउन घर फर्कने गर्थे । भैलोबाट तिहार खर्चको जोहो हुने बाजा समूहका सदस्य गोकुल परियारले बताए । आउने जाने गाडी भाडा, खाना खर्च सबै एक मुष्ट कटाउने र बाँकी रहने पैसा समूहमा ऋण परिचालन गर्नुका साथै पारिश्रमिकको रूपमा वितरण हुने उनको भनाई छ ।

निसीखोला गाउँपालिका–२ बायोखोलाका स्थानीय दलित युवाहरू संगठित भएर सदरमुकाम आएका हुन् । उनीहरूले भैलोबाट संकलन भएको रकमबाट कुल मन्दिर निर्माण गर्ने योजना बनाएका छन् । ‘मन्दिर बनाउने उद्देश्यले बजार झरेका हौं,’ पञ्चेबाजा समूहका सदस्य शंकर परियारले भने,‘पैसा पुग्यो भने नयाँ बाजा र पन्चे बाजा समूहका सदस्यका क्षमता विकासको लागि काम गर्ने योजना छ ।

उक्त समूहले गाउँमा हुने विवाह, ब्रर्तबन्ध तथा शुभकार्यमा बाजा बजाउँदै आएको छ । छिमेकी जिल्ला रुकुम तथा जिल्लाका विभिन्न स्थानीय तहमासमेत बाजा बजाउने निम्तो आउँदा जाने गरेको परियारले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : २० बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति