पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद | Khabarhub Khabarhub

पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् ।

जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती बाजा पृथक धारको देखिएको छ ।

नौमती बाजामा तिहार विशेष गीत बजाउने र नाच्ने रहर हुनेहरू दिल खोलेर नाच्न पाउने भएपछि बाजा समूह रोजाइनमा परेका छन् । ‘बाजा समूह मौलिक लाग्यो,’ बागलुङ बजार निवासी खडक विकले भने, ‘बाजा समूहको विकास र व्यावसायिकताको लागि पनि राम्रो हो । बाजामा नाच्न मन लाग्ने सदरमुकाममा रहेका स्थानीय नाच्ने र गाउने गरेका छन् ।

पञ्चे बाजा समूहमा आबद्ध दाजुभाइमा दुःख परेको हुँदा यस वर्ष उनीहरूले टिका लगाएनन् । विगतका वर्षहरूमा पनि उनीहरूले तिहार सुरु भएको दिनदेखि बाजा बजाउने र तिहारको दिनमा टीका लगाउन घर फर्कने गर्थे । भैलोबाट तिहार खर्चको जोहो हुने बाजा समूहका सदस्य गोकुल परियारले बताए । आउने जाने गाडी भाडा, खाना खर्च सबै एक मुष्ट कटाउने र बाँकी रहने पैसा समूहमा ऋण परिचालन गर्नुका साथै पारिश्रमिकको रूपमा वितरण हुने उनको भनाई छ ।

निसीखोला गाउँपालिका–२ बायोखोलाका स्थानीय दलित युवाहरू संगठित भएर सदरमुकाम आएका हुन् । उनीहरूले भैलोबाट संकलन भएको रकमबाट कुल मन्दिर निर्माण गर्ने योजना बनाएका छन् । ‘मन्दिर बनाउने उद्देश्यले बजार झरेका हौं,’ पञ्चेबाजा समूहका सदस्य शंकर परियारले भने,‘पैसा पुग्यो भने नयाँ बाजा र पन्चे बाजा समूहका सदस्यका क्षमता विकासको लागि काम गर्ने योजना छ ।

उक्त समूहले गाउँमा हुने विवाह, ब्रर्तबन्ध तथा शुभकार्यमा बाजा बजाउँदै आएको छ । छिमेकी जिल्ला रुकुम तथा जिल्लाका विभिन्न स्थानीय तहमासमेत बाजा बजाउने निम्तो आउँदा जाने गरेको परियारले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : २० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी