लाली स्वास्थ्यचौकीमा औषधि अभाव « Khabarhub

लाली स्वास्थ्यचौकीमा औषधि अभाव


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा बिरामीलाई समस्या परेको छ । औषधि नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कनु परिरहेको छ । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन् ।

सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र बृद्धबृद्धा बिरामी परेकोमा औषधि अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । शाहीले भने, ‘गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेको छन् ।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउने गरे पनि औषधि अभावमा रित्तो हात फर्किनु परेको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यकर्मीले सिजनल फ्लुका कारण बिरामी बढेको बताएका छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : ४० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष