सिरानीमा मोबाइल राखेर सुत्नेहरू सावधान ! « Khabarhub

सिरानीमा मोबाइल राखेर सुत्नेहरू सावधान !


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा मोबाइल फोन मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । हरेक मानिसको जीवनको सबैभन्दा नजिकको साथी नै मोबाइल बनिसकेको छ भन्दा फरक पर्दैन । किनभने बिहान उठेदेखि बेलुका नसुतेसम्म मानिस मोबाइल नै चलाइरहन्छन् ।

मोबाइल प्रयोग गर्दा सूचना र प्रविधिका लाभ त पाइन्छ तर कतिपय अवस्थामा यसका कैयौँ बेफाइदा पनि छन् । अत्यधिक रूपमा मोबाइलको प्रयोग गर्दा यसले विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा स्वास्थ्यदेखि प्रजननसम्म असर पार्दछ ।

धेरै मानिसको मोबाइल फोनलाई रातिसँगै राखेर वा सिरानीमा राखेर सुत्न बानी हुन्छ । तर यो बानी स्वास्थ्यकालागि भने हानिकारक हुन सक्छ । मोबाइलको ब्याट्रीबाट सयभन्दा बढी विषालु ग्याँस निस्कने केही अनुसन्धानले देखाएको छ । यस्तोमा लिथिएम आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगी समेत बनाउने अध्ययनकर्ताले बताएका छन् ।

इन्स्टिच्युड अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनका अनुसार संसारभरिका मानिसले अहिले लिथियम आयन ब्याट्रीको प्रयोग गरिरहेका छन् । स्मार्टफोन आवश्यकताभन्दा बढी तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा धेरैलाई थाहा छैन । यस्तोमा राती सुत्दा चार्ज गर्ने वा सँगै सिरानीमा राखेर सुत्न नहुने जी सनको तर्क छ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का