संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै हुँदैन : प्रेरक प्रसङ्ग « Khabarhub

संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै हुँदैन : प्रेरक प्रसङ्ग


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन प्रसिद्ध ब्रिटिश विचारक जोन रस्किन आफ्ना साथीहरुसँग लन्डनको एक गल्लीमा हिँडिरहेका थिए । बाटो फोहोर र हिलोले भरिएको थियो । रस्किनका साथीले बारम्बार नाक खुम्च्याउँदै भन्यो, यो फोहोरमा हिँड्न कति कष्ट भइरहेको छ ? यो कुरा सुनेर रस्किनले हाँस्दै भने- साथी यदि तिमी सोच्छौ भने हामी हीरा, पन्ना र जवाहरातमा हिँडिरहेका छौँ ।

ती साथीलाई यो कुरा सुनेर अचम्म लाग्यो र उनलाई हेर्न थाले । रस्किनले फेरि भने- तिमी नै भन यो कालो माटो के हो ? के यो त्यही खानीबाट निकालिएको हो जसबाट हीरा निस्कन्छ । यसैले म भन्छु, यो संसारमा फोहोर या बर्बाद भन्न लायक कुनै वस्तु नै छैन । जसलाई हामी अनावश्यक सम्झन्छौँ त्यो ठुलो उपयोगी निस्कन्छ । केवल त्यसलाई अपनाउने र अपनाएर अगाडि बढ्ने र हौसला हुनुपर्छ ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०१ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति