पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट « Khabarhub

पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभिए) ले दोस्रो चरणका लागि १६ खेलाडी छनोट गरेको छ ।

मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलो चरणका छनोटबाट चार खेलाडी बाहिरिएका छन् । जसमा झमन सिंह दर्जी, दिल बहादुर सुनार, विजय थापा र दुर्गा महतो १६ भित्र पर्न असफल भए ।

भलिबल च्याम्पियनसिप आगामी २१-२९ डिसेम्बरसम्म सञ्चालन हुँदैछ । संघले अन्तिम १२ सदस्यीय टोली घोषणा अर्को साता हुने जनाएको छ ।

१६ सदस्यीय टोलीमा इमबहादुर राना, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दीपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रवीन चन्द, विनोद चन्द र ईश्वर थापा रहेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ३१ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित