अमेरिकामा ‘ज्योमो गाङ फिल्म अवार्ड’ « Khabarhub

अमेरिकामा ‘ज्योमो गाङ फिल्म अवार्ड’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुकुम मल्टीमिडियाको आयोजनामा अमेरिकाको क्यालिफोर्नियामा दोस्रो संस्करणको ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने भएको छ । नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड आगामी २०७९ वैशाख १ गते आयोजना हुँदैछ ।

अवार्डमा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नव–अभिनेता, नव–अभिनेत्री, छायाकार, खलपात्र, कथा, पाश्र्व संगीत, द्वन्द्व निर्देशक र नव–निर्देशक गरी १३ विधा रहेका छन् ।

नेपाल चलचित्र कलाकार संघका पुर्व महासचिव एवं अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछानेले अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने बताए ।

हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक बर्ष नियमित आयोजना गर्ने उद्देश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण त्यसपछिका वर्षहरुमा आयोजना हुन सकेको थिएन ।

संस्थाका अध्यक्ष धनबहादुर बम्जन(डिबी)ले आदिवासी जनजाति मातृभाषी फिल्महरु स्वदेशमा मात्र नभई विदेशमा पनि पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : १७ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०