डिएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार « Khabarhub

डिएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ ।

फिल्मका निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता भएको छ । निर्माता अधिकारीले हालसम्मकै महंगोमा डिजिटल राइटस बिक्री भएको दाबी गरे पनि कति रकममा बिक्री भएको हो भन्ने केही खुलाउन चाहेनन् ।

उनका अनुसार फिल्मको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ । फिल्म भारतका विभिन्न शहरमा रहेका थिएटरमा नेपाली भाषामा समेत रिलिज गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीपका अलावा रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । फिल्मले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ । फिल्मको रिलिज मिति सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ३० बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०