बलिउड/हलिउड

बेहुली हुन स्लिम शरीर बनाउदै कटरीना

By खबरहब

December 06, 2021

मुम्बई(आजतक)– बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशलको विवाहको खबरले उनीहरुको फ्यानमाझ एक किसिको छुट्टै उत्साह जागेको छ । यो जोडी निजी समारोहबीच फोर्ट सिक्स सेन्सेसमा विवाहका लागि तयारी अवस्थामा छन् । विवाहका लागि कटरीना विशेष किसिमको डाइटलाई फलो गरिरहेकी छन् ।

कटरीना आफ्नो विवाह महारानी शैलीमा होस भन्ने चाहन्छिन् । त्यहीकारण उनी आफूलाई विवाहमा महारानी जस्तो देखाउन चाहिरहेकी छन् । विवाहमा आफूलाई उपयुक्र्त देखाउनका लागि कैयौं सातायता उनले ‘नो कब्र्स डाइट’ पछ्याइरहेकी छन् । स्लिम देखिनका लागि उनले चिल्लो खाद्यपदार्थ, ग्लूटेन, चिनीबाट आफूलाई टाढा राखेकी छन् ।

कटरीना निकट स्रोतका अनुसार उनी बान्द्रामा आफ्नो साथीको घरमा विवाहको पहिरनको फिटिङ चेक गरिरहेकी छन् । कटरीना आफैंमा एक फिटनेस फ्रीक स्टार हुन् । त्यहीकारण उनी आफ्नो विवाहमा सबैभन्दा सुन्दर र फिट देखिन चाहन्छिन् ।

कटरीना अहिले विवाहको तयारीका कारण हेल्डी फूड मात्र खाइरहेकी छन् । उनी यो समयमा बढी भन्दा बढी साग, सूप र सलाद मात्र लिइरहेकी छन् ।