हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्रोत शिक्षक नियुक्त « Khabarhub

हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्रोत शिक्षक नियुक्त


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको छ ।

चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ति गरिएको हो ।

चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको थियो ।

१८ मंसिरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङ भाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्रोत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो ।

मासिक १३ हजार पाँच सय तलबसुविधा पाउने नियुक्ति पाएकी राईले चाम्लिङ लगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : २५ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु