दोस्रो टेष्टमा भारतको शानदार जित « Khabarhub

दोस्रो टेष्टमा भारतको शानदार जित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ ।

मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनको जितेसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएको थियो ।

दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो । न्युजिल्याण्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे ।

यता, भारतीय बलर रविचन्द्रन आश्विन र जय यादवले समान ४ विकेट लिए । आश्विनले २२ ओभर ३ बल गर्दै ९ मेडनसहित ३४ रन खर्चिए भने यादवले १४ ओभरमा ४ मेडनसहित ४९ रन खर्च गरे । अक्षर पटेलले १ विकेट लिए ।

यसअघि पहिलो इनिङमा भारतले १०९ ओभर ५ बल खेल्दै ३२५ रन बनाएको थियो । भारतका मयंक अग्रवालले सर्वाधिक १५० रन बनाए । यस्तै, अक्षर पटेलले ५२ रन बनाउँदा शुभमान गिलले ४४ रनको योगदान गरे ।

न्युजिल्याण्डका बलर अजाज पटेल एक्लैले १० विकेट लिएका थिए । ४७ ओभर ५ बल बलिङ गरेका पटेलले १२ मेडन राख्दै ११९ रन खर्चिएर दुर्लभ कीर्तिमान बनाएका थिए ।

पहिलो इनिङमा न्युजिल्याण्ड ६२ रनमा समेटियो । २८ ओभर १ बलमा अलआउट हुनुअघि न्युजिल्याण्डका केली जामिसनले १७ र कप्तान टम लाथम १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिँदा मोहम्मेद सिराजले ३ विकेट लिए । अक्षर पटेल र जयन्त यादवले एक विकेट लिए ।

दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनायो । मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाउँदा चेतेश्वर पूजारा र शुभमन गिलले समान ४७ रनको योगदान गरे । कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे ।

दोस्रो इनिङमा समेत न्युजिल्याण्डका अजाज पटेलले चार विकेट हात पारे । यस्तै रचिम रविन्द्रले तीन विकेट लिए । दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भए ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा