दोस्रो टेष्टमा भारतको शानदार जित | Khabarhub Khabarhub

दोस्रो टेष्टमा भारतको शानदार जित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ ।

मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनको जितेसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएको थियो ।

दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो । न्युजिल्याण्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे ।

यता, भारतीय बलर रविचन्द्रन आश्विन र जय यादवले समान ४ विकेट लिए । आश्विनले २२ ओभर ३ बल गर्दै ९ मेडनसहित ३४ रन खर्चिए भने यादवले १४ ओभरमा ४ मेडनसहित ४९ रन खर्च गरे । अक्षर पटेलले १ विकेट लिए ।

यसअघि पहिलो इनिङमा भारतले १०९ ओभर ५ बल खेल्दै ३२५ रन बनाएको थियो । भारतका मयंक अग्रवालले सर्वाधिक १५० रन बनाए । यस्तै, अक्षर पटेलले ५२ रन बनाउँदा शुभमान गिलले ४४ रनको योगदान गरे ।

न्युजिल्याण्डका बलर अजाज पटेल एक्लैले १० विकेट लिएका थिए । ४७ ओभर ५ बल बलिङ गरेका पटेलले १२ मेडन राख्दै ११९ रन खर्चिएर दुर्लभ कीर्तिमान बनाएका थिए ।

पहिलो इनिङमा न्युजिल्याण्ड ६२ रनमा समेटियो । २८ ओभर १ बलमा अलआउट हुनुअघि न्युजिल्याण्डका केली जामिसनले १७ र कप्तान टम लाथम १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिँदा मोहम्मेद सिराजले ३ विकेट लिए । अक्षर पटेल र जयन्त यादवले एक विकेट लिए ।

दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनायो । मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाउँदा चेतेश्वर पूजारा र शुभमन गिलले समान ४७ रनको योगदान गरे । कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे ।

दोस्रो इनिङमा समेत न्युजिल्याण्डका अजाज पटेलले चार विकेट हात पारे । यस्तै रचिम रविन्द्रले तीन विकेट लिए । दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भए ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ५९ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३