नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : प्रस्तावित राजदूत शर्मा « Khabarhub

नेपाल–भारत सीमा समस्यामा पश्चिमाको चासो : प्रस्तावित राजदूत शर्मा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले नेपाल–भारत सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका छन् । सिंहदरवारमा सोमबार भएको संसदीय सुनुवाइमा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन् ।

संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित राजदूत शर्माले दिएको अभिव्यक्ति

आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा सुधारको आवश्यक छ । विश्वास ठूलो कुरा हो । सजिलै गर्न सकिने दुइटै देशलाई फाइदा हुने गरी विश्वास बढाउँदै जाने हो ।

रणनीतिक रूपमा डायस्पोरा कम्युनिटीको साथमा रणनीतिक रूपमा अघि बढ्नुपर्छ । भारतमा भएका अवसरलाई नेपालको हितमा प्रयोग गर्न पहल गर्नेछु । पहिलो शिष्टाचार भेट र सम्बन्ध नै हो । भारतमा विभिन्न देशका १३६ राजदूतावास छन् । यसमा नेपालले कसरी प्रभावित पार्ने भन्ने महत्वपुर्ण कुरा हो । नेपाललाई प्रभाव पार्ने सामाजिक सांस्कृतिक आर्थिक नीतिहरू परिमार्जनका लागि पहल गर्ने काम गर्छु । भारतमा सामाजिक र सांस्कृतिक कुटनीतिलाई महत्व दिनुपर्ने आवश्यकता छ ।

नेपालको बिजुली किन्दिन्छौं, समृद्धिमा पनि सघाउँछौं भनेका छन् । यी कुरालाई अगाडि बढाउँछू । रणनीति तर्जुमा मात्र होइन कार्यान्वयन पनि प्राथमिकता छ ।

आर्थिक क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइनको व्यापार छ । गैर भन्सारको कुरा छ । बन्दरगाहमा दिनुपर्ने सुविधा लिन सकिएको छैन । पहल गर्छु । रसायनिक मलको कुरा पनि छ । लगानीसम्बन्धी ऐन कानुनबारे जानकारी गराउनुपर्ने अवस्था छ । सफलताका कुराहरू पनि देखाउनुपर्नेछ । सजिलो हुन्छ ।

भारतमा आप्रवासी धेरै छन् । तिनलाई नेपाल ल्याएर रोजगारी दिने कार्यमा काम गर्नेछु । धार्मिक पर्यटन विकास, पर्यटन प्रवर्द्धनमा काम गर्छु । सीमा समस्या छ । ईपीजी छ । सीमा समस्यामा भारतमात्र होइन पश्चिमाको पनि चासो छ । हुलाकी सडकलाई पनि अगाडि बढाउन पहल गर्छु ।

सोही बैठकमा सांसदहरूले पनि आ–आफ्नो विचार पनि राखेका छन् ।

सुरेन्द्र पाण्डे

शंकरजी भारतभन्दा बेलायत गएको भए हुन्थ्यो । राजनीतिक सम्बन्धमा चल्ने भारतमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ ? यत्रो अनुभव भएको मान्छे राजनीतिक सम्बन्ध सर्वपरी रहेको भारतमा कसरी काम गर्नुहुन्छ ?

देव गुरूङ

संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार भारतसँग कसरी समान प्रकारको हैसियत र सम्बन्ध स्थापित गर्नुहुन्छ ? खुला सीमा, सीमा विवादको प्रश्न, कालापानी लिपुलेक, लिम्पियाधुरा लगायत विभिन्न ठाउँमा सीमा अतिक्रमण छ ? यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ ? सन् १९५० को सन्धी समयसापेक्ष अपडेट गर्नुपर्ने कुराहरू छन्, यसमा कसरी पहल गर्नुहुन्छ ?

पञ्चशीलको सिद्वान्त छ, मान्यता छ, उहाँहरूको चासो सुरक्षा संयन्त्रतिर छ । सन्तुलित ढंगले कुटनीतिक भूमिका निभाउन चुनौती छ । भारत र पाकिस्ताको विवादले अघि बढ्न सकेको छैन । कसरी सहकार्य गर्ने, अगाडि बढ्ने भन्ने कुरा नै हो । चुनौती छ । चुनौतीलाई मनन गर्नुहोला ।

पुष्पा भुसाल

सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समानता भएको देश हुन् । राजनीतिक सम्बन्धभित्रको विश्वास नभएको देश भएकाले चुनौती छ । विकास र प्रविधिमा धेरै अगाडि बढेको देशमा राजदूतबाट के अपेक्षा गर्ने त ? विश्वासको वातावरण बनाउन विगतका राजदूतले प्रभावकारी भूमिका खेल्नु सकेनन् । अब नयाँ ढंगले जानुपर्छ । सम्बन्ध निर्माण नयाँ ढंगले हुनुपर्छ । धार्मिक पर्यटन, धार्मिक सम्बन्ध पनि महत्त्वपूर्ण छ । पर्यटनमा पनि फाइदा लिनुपर्छ । यसलाई नयाँ आयाम र सम्बन्धका रूपमा लैजान चुनौती छ । तर, भारतप्रति जनताको विश्वास अभिवृद्धि गराउने, भारतप्रति नेपालीको विश्वास बढाउने काम गर्नुपर्छ ।

प्रदेश सरकारस्तरमा पनि सहकार्य, भारतसँग प्रदेशको पनि सम्बन्धअघि बढेको छ । त्यसको लागि पनि नेपालमा स्टकर तयार गर्न भूमिका हुनुपर्छ । भारतप्रतिको विश्वासलाई प्रगाढ रूपमा लैजाने चुनौती छ । आफ्नो कार्यकालमा कसरी अगाडि बढाउनुहुन्छ ?

अम्बिका थापा

लिपुलेकमा दुई देशीय होइन त्रिदेशीय रूपमा हेर्नुपर्छ । यहाँको पालामा कुनै समस्या नआओस् ।

सुमन प्याकुरेल

भारतसँग हामी डिमोरलाइज भएर प्रस्तुत भइरहेका छौं । राष्ट्रिय स्वाभिमानलाई उठाएर, आँखामा आँखामा जुधाएर यथार्थ कुरा राख्न सक्नुहोस् ।

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत शर्मा

प्रदेशस्तरमा सम्बन्ध कायम गर्न पहल गर्छु । पहिला पर्यटकीय क्षेत्रमा लाने, हिन्दु र बुद्विजम जोड्न सकिन्छ । ठाउँ देखाएर लगानीका लागि उत्प्रेरित गर्नेछु । यथार्थ कुरा प्रस्तुत गर्ने कुरामा विश्वास जगाउँछु । मेरो अनुभवले पनि मद्दत गर्छ । अनेस्टी, ट्रस्टले क्रेडिबिलिटी बढाउँछ । केही फरक कुरा गर्न कोसिस गर्छु । पुरानो अनुभवले पनि सफल हुन्छु भन्ने लाग्छ । न्यूजकारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ४ : ३७ बजे

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली– जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री