म्यानपावर कम्पनीसँग ९० लाख असुली गर्ने दुईजना पक्राउ « Khabarhub

म्यानपावर कम्पनीसँग ९० लाख असुली गर्ने दुईजना पक्राउ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पानी पोखरीस्थित यूनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर ९० लाख २५ हजार रुपैयाँ असुली गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ गंगाहिटिका ४० वर्षीय मिलन जोशी र दोलखा घर भई बालुवाटार बस्दै आएका ३५ वर्षीय रबिन्द्र बस्नेत रहेका छन् । उनीहरुले म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर विदेश पठाउने हरेक व्यक्तिबाट २५ हजार कमीशन लिने गरेका थिए ।

उनीहरुले यसरी सो कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ लिएको र अरु थप रकम मागेर धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : २४ बजे

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल