बैतडी जीप दुर्घटनामा नवविवाहित जोडीसहित चार जनाको मृत्यु « Khabarhub

बैतडी जीप दुर्घटनामा नवविवाहित जोडीसहित चार जनाको मृत्यु


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।

दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ । जीप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेका छन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ०९ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं