धनुषामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप « Khabarhub

धनुषामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा ३२ प्रतिशत नागरिकले मात्रै कोरोनाको पूर्णखोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जारी गरेको तथ्यांक अनुसार अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज लगाएका छन् ।

जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरि जम्मा ३ लाख १० हजार १४८ जनाले लगाएका छन् ।

जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् ।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरि पाँच प्रकारका खोप लगाइएको छ। धनुषामा कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई अगामी मंसिर २४ देखि २८ गतेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।

धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । जिल्लाका ६३१ वटा खोप केन्द्रहरु मार्फत् खोप लगाइने उनले बताए । एउटा खोप केन्द्रमा १ जना खोप लगाइदिने व्यक्ति र २ जना सहयोगी तथा जिल्लाका १ सय ६९ वटै वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उनले बताए ।

विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने उनले बताए । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगल किशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् । १८ वर्ष र सो भन्दा माथिका सबै नागरिकलाई स्वास्थ्य कार्यालयमा नै खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि लगाउन थालिएको र २९ गतेसम्म लगाउन सकिने उनले जानकारी दिए। न्युजकारखाना

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ४० बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले