बाइडनले कसरी पुनर्स्थापना गर्लान् बहुपक्षीयतावाद ! | Khabarhub Khabarhub

बाइडनले कसरी पुनर्स्थापना गर्लान् बहुपक्षीयतावाद !



नयाँ वर्षसँगै हर्षोल्लास मानाउनु पर्ने विषय धेरै छ । सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन आउनु महामारीको अर्को बिन्दुमा आशा गर्ने ठाउँ बाँकी छ । यद्यपि अर्को महिना अझै अत्यास लाग्दो हुनसक्छ ।

अझ योभन्दा महत्वपूर्ण कुरा, अमेरिकाका मिथ्या, अक्षम, सानो चित्त भएका राष्ट्रपतिको बिदाइसँगै नयाँ राष्ट्रपतिको आवागमन हुँदैछ । वर्तमान राष्ट्रपतिको स्वभावभन्दा ठीक उल्टो शालीन, इमानदार र व्यावसायिक व्यक्तित्व ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो कार्यकालमा के के सामना गर्छन् भन्ने विषयमा भने हामी भ्रममा नपर्दा हुन्छ । राष्ट्रपति पदबाट बर्हिगमन हुँदै गर्दा धेरै गहिरो निशान छोडेर जाने ट्रम्प प्रशासनले महामारीसँग जुध्न निकै थोरै काम गरेको छ ।

महामारीका कारण आर्थिक क्षेत्रमा परेको आघात रातारात ठीक हुने छैन । यस्तो अवस्थामा राज्यका तर्फबाट आवश्यक पर्ने सघन सहयोग (स्थानीय र राज्य सरकारबाट नगद सहयोग प्राप्त नभएको अवस्थामा) आवश्यक हुनेछ । यो समस्या अझ लामो समयसम्म जानेछ ।

अमेरिकाको संविधान र पचास राज्यहरूले राष्ट्रपति ट्रम्पको निन्दनीय आवेगबाट देशलाई बचाउँदै अमेरिकी प्रजातन्त्र धराशायी हुनबाट जोगाएको कुरा सत्य हो । सत्य के पनि हो भने ७४ मिलियन अमेरिकीले उनको चार वर्षीय कुरूप अराजककालका विरुद्धमा भोट गरेका छन् ।

लामो समयसम्म साझेदार रहेका देशहरूले, संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको प्रजातान्त्रिक र मानव अधिकारको मूल्य मान्यतामा फर्किंदा स्वागत गर्ने नै छन् । अमेरिका आफ्नो पूर्व मान्यतामा फर्किंदा साझेदार देशहरूले अन्तर्राष्ट्रिय हिसाबमा महामारी र जलवायु परिवर्तनले पारेको प्रभावसँग जुध्न सहकार्य गर्नेछन् । विश्व मौलिक रूपमा परिवर्तन नै भएको छैन भनेर विश्वास गर्नु मूर्खता हुनेछ । अमेरिका आफैँ, समग्र रूपमा, अविश्वसनीय साझेदारका रूपमा देखिएको छ ।

अमेरिकाको संविधान र पचास राज्यहरूले राष्ट्रपति ट्रम्पको निन्दनीय आवेगबाट देशलाई बचाउँदै अमेरिकी प्रजातन्त्र धराशायी हुनबाट जोगाएको कुरा सत्य हो । सत्य के पनि हो भने ७४ मिलियन अमेरिकीले उनको चार वर्षीय कुरूप अराजककालका विरुद्धमा भोट गरेका छन् ।

साँच्चै अबको अर्को निर्वाचनले अमेरिकाका लागि के ल्याउनेछ ? आज आफूले गरेको वाचाबाट चार वर्षपछि फेरि पछि हट्न सक्ने देशलाई कसैले किन पत्याउने ?

दुनियाँलाई ट्रम्पको संकीर्ण दृष्टिकोणबाट बाहिर ल्याउन आवश्यक छ । त्यही उद्देश्यका साथ अमेरिका अघि बढ्नुपर्छ । यसका लागि सबैभन्दा उत्तम उपाय बहुपक्षीयतावाद नै हो ।

यसले आफूलाई विश्व परिदृश्यबाट अलग राख्ने अमेरिकाको प्रयास कम गर्दै विश्वका साझा स्वार्थ, अन्तर्राष्ट्रिय संघसंस्था, कानूनले अमेरिकालाई बाँध्ने छ, जसबाट अमेरिका अछुतो छैन । हैकमवादी चरित्रबाट सहकार्यको चरणमा आइपुग्दा यसले अमेरिकी पूर्व नीतिमा कायाकल्प नै ल्याउनेछ । यस किसिमको दृष्टिकोण पहिलो र अभूतपूर्व भने हुने छैन ।

दोस्रो विश्व युद्धपछि अमेरिकाले विश्वबाट विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रभाव कम गर्ने नीति लिएको थियो, जुन कदम उसको स्वार्थ अनुकूल नै भयो । समस्या के भयो भने अमेरिकाले यो नीति लामो समयसम्म कायम राख्न सकेन ।

जब जोन मेनार्ड किन्सले चलाखीपूर्वक विश्व मुद्रा बनाउने कुरा गरे तब उक्त नीतिलाई आईएमएफले आफ्नो स्पेसल ड्रइङ राइट्स (एसडिआर) मै समावेश गर्‍यो । यो नीति अमेरिकाले भिटो प्रयोग गर्दै अस्वीकार गर्‍यो । यसपछि आईएमएफलाई आफ्नो योजना लागु गर्न आवश्यक आर्थिक सहयोग जुट्न सकेन ।

बाइडन प्रशासनले कस्तो काम गर्न सक्छ भन्ने कुरा जनवरी ५ मा जर्जियामा हुने दुई सिटको सिनेट निर्वाचनले पनि फरक पार्नेछ । सिनेटमा स्पष्ट बहुमतको अभावमा पनि राष्ट्रपतिसँग विदेश नीतिका मामिलामा काम गर्न धेरै बाटो हुनेछन् । छिटो सुरु गर्न सक्ने हो भने बाइडनले आफैँ धेरै कुरा गर्न सक्नेछन् ।

उनको पहिलो प्राथमिकता भने महामारीपछिको पुनःस्थापना हुनेछ, यद्यपि यो सबै ठाउँ बलियो नहुँदासम्म प्राप्त गर्न सकिने आधार कम छ । जुन भूमिका चीनले सन् २००८ को विश्व आर्थिक संकटको अवसरमा निर्वाह गरेको थियो सोही प्रकृतिको भूमिका, जसले विश्वलाई निर्देश गर्न सक्छ, चीनसँग हामीले अहिले अपेक्षा गर्न सक्दैनौँ ।

अमेरिका र युरोपले आफ्नो अर्थतन्त्र उकास्न गरेको जस्तो आर्थिक लगानी विकासशील र विकासोन्मुख देशले स्रोतको अभावमा गर्न सक्दैनन् । आईएमएफकी प्रमुख कार्यकारी अधिकृत किस्टालिना जर्जियावाले भनेको जस्तै एसडिआरको धेरैभन्दा धेरै फछ्र्योट नै अहिलेको आवश्यकता हो ।

विश्वलाई आवश्यक पर्ने करीब पाँच सय बिलियन अमेरिकी डलर बराबरको ‘मुद्रा’ अमेरिकी वित्तीय मन्त्रालयले सहमति दियो भने रातारात निकास गर्न सकिन्छ ।

एसडिआर निकासमा ट्रम्प प्रशासनले अवरोध खडा गरेको छ, जुन बाइडन प्रशासनले खुकुलो बनाउन सक्छ । यसको अलावा धेरै मात्रामा एसडिआर निकासका लागि उनको प्रशासनले अमेरिकी कंग्रेसबाट सहमति पनि लिन सक्नेछ । योसँगै अमेरिका पनि अन्य सम्पन्न देशले जस्तै सहयोगको आवश्यकता भएको देशलाई आर्थिक सहयोग प्रदान गर्न सक्ने अवस्थामा पुग्नेछ ।

गएको चार वर्षमा ट्रम्प प्रशासनले विज्ञानको सामान्य नियम पनि अस्वीकार गर्दै नीतिनिमय उल्लंघन गर्‍यो । यी मान्यता बाहाली गर्नु बाइडन प्रशासनको अर्को प्राथमिकता हुनेछ । अमेरिकी समृद्धि र विश्व अर्थतन्त्र क्रियाशील राख्न अन्तर्राष्ट्रिय कानून, जुन विज्ञानभन्दा कम छैन, यसको पुनर्वहाली आवश्यक छ ।

यसका अलावा बाइडन प्रशासनले सार्वभौम ऋण पुनर्गठनका लागि मद्दत गर्न सक्छ । धेरै विकासशील देश र उदाउँदो बजार ऋणको मारमा परिसकेका छन् । यो क्रम अझ बढ्दैछ । अमेरिकालाई विश्वको ऋण व्यवस्थापन गर्ने इच्छा छ भने यो उकृष्ट अवसर हुनसक्छ ।

गएको चार वर्षमा ट्रम्प प्रशासनले विज्ञानको सामान्य नियम पनि अस्वीकार गर्दै नीतिनिमय उल्लंघन गर्‍यो । यी मान्यता बाहाली गर्नु बाइडन प्रशासनको अर्को प्राथमिकता हुनेछ । अमेरिकी समृद्धि र विश्व अर्थतन्त्र क्रियाशील राख्न अन्तर्राष्ट्रिय कानून, जुन विज्ञानभन्दा कम छैन, यसको पुनर्वहाली आवश्यक छ ।

जब हामी व्यापारको कुरा गर्छौं, विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ)ले व्यापारको आधार पुनर्स्थापना गर्न सहयोग गर्नेछ । अहिलेसम्म डब्ल्युटीओको व्यवस्था राजनीतिक शक्तिले सन्तुलन गर्ने गरेको थियो, जुन परिवर्तन हुनसक्छ ।

निन्जिओ ओकान्जिओलाई आगामी कार्यकालका लागि डब्लुटिओको निर्देशक बनाउने विषयमा सर्वसम्मति हुने सम्भावना छ । नाइजेरियाका पूर्ववित्तीयमन्त्री एवं विश्व बैंकका पूर्वउपनिर्देशक ओकान्जिओलाई डब्ल्युटीओको निर्देशकका रूपमा चयन गर्न ट्रम्प प्रशासनले जोड गरेको छ ।

असमझदारी नहटाएसम्म कुनै पनि व्यापार सम्बन्ध अघि बढ्न सक्दैन । डब्ल्युटीओको विवाद समाधान गर्न न्यायाधीशलाई सहमति नदिएर ट्रम्प प्रशासनले यो संस्था नै पङ्ग बनाएको छ । यति भन्दै गर्दा पनि ट्रम्पले एकातर्फ अन्तर्राष्ट्रिय संस्था र कानूनी राज्यलाई निकम्म बनाउन सबै काम गरे पनि अर्कोतर्फ उनले अमेरिकी व्यापार नीतिका लागि नयाँ ढोका खोलिदिएका छन् ।

उदाहरणका लागि, ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा सबैभन्दा नकारात्मक अवस्थामा रहेको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताका विषयमा मेक्सिको र क्यानडासँग पुनःवार्ता गरे । पुनःवार्तासँगै यस सङ्गठनमा धेरै लगानी गर्नुपर्ने अवस्थाबाट अमेरिकालाई बाहिर निकालेका छन् ।

आफ्नो बाँकी कार्यकालमा ट्रम्पका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर विश्व पर्यावरण मानक नजरअन्दाज गर्ने कम्पनीको समान ‘एन्टी डम्पिङ’ का माध्यमबाट आफ्नो देश प्रवेशमा रोक लगाउँदैछन् ।

मैले यस्तै किसिमको प्रस्ताव सन् २००६ को मेरो पुस्तक ‘मेकिङ ग्लोबलाइजेशन वर्क’ मा पनि गरेको थिएँ । हाल आएर मात्रै व्यापारमा दुई दलीय सहमतिको आधार तयार भएको प्रतीत हुन्छ ।

मैले गरेका धेरै प्रस्तावमा कंग्रेसको सहमति आवश्यक पर्दैन । बाइडनले आफ्नो कार्यकाल समालेको पहिलो दिन नै यो निर्णय गर्न सक्छन् । अमेरिकाले बहुपक्षीयतावादप्रतिको आफ्नो प्रतिबद्धता सावित गर्न सकेमात्रै चार वर्षसम्म भोगेको दुर्दशाबाट छुटकार पाउनेछ ।

(स्टिग्लेट्स अर्थशास्त्रमा नोबल पुरस्कार प्राप्त लेखक हुन् । कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने उनी विश्व बैंकका प्रमुख अर्थशास्त्री रहिसकेका छन् । डिसेम्बर ३१, २०२० मा प्रोजेक्ट सिण्डिकेटमा प्रकाशित उनको यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्)

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : ४६ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी