अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत « Khabarhub

अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।

जर्जिया राज्यमा मंगलबार फेरि गरिएको दुई सिनेटको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको थियो ।

जर्जियाको कानुनमा सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने व्यवस्था छ ।

अब सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने छिन् ।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ८ : ३५ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको