अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत | Khabarhub Khabarhub

अमेरिकाको माथिल्लो सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।

जर्जिया राज्यमा मंगलबार फेरि गरिएको दुई सिनेटको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको थियो ।

जर्जियाको कानुनमा सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने व्यवस्था छ ।

अब सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने छिन् ।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ८ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर