एलएलबीको सिट संख्या ६ सय मात्रै « Khabarhub

एलएलबीको सिट संख्या ६ सय मात्रै


२३ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँमा एलएलबी पढ्न ६ सय मात्र कोटा निर्धारण भएको छ ।

पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा पनि उत्तिर्ण गर्नुपर्ने भएको छ। क्याम्पसले सूचना जारी गर्दै निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।

जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।

परीक्षा केन्द्र पनि तोकिसकिएको छ। नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ।

क्याम्पसले शैक्षिक वर्ष २०७५/०७६ को एलएलबी पहिलो वर्षका पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भनेको छ।

‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : ४५ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं