बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै « Khabarhub

बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ।

विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन नदिन आपत्कालीन उपायहरू अपनाइएको जनाएको छ। मानिसलाई मरेका वा बिरामी देखिएका चराहरूको सम्पर्कमा नजान पनि आग्रह गरिएको छ।

कोरोना भाइरस महामारीबाट जुध्नका लागि भारतले आगामी सातादेखि दसौं लाख मानिसलाई खोप दिने अभियान थाल्न तयारी गरिरहेका बेला उक्त संकट देखापरेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरूसमेत बन्द गरिएका छन्। त्यसका साथै, अण्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका झन्डै २ हजार ५ सय चरा, खोया हाँसहरू मरेका पाइएको बीबीसीले जनाएको छ। त्यस्तै केरला राज्यमा १२ हजारभन्दा बढी हाँस मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पन्छी मारिएका छन्।

भारतले बर्डफ्लुका कारण सन् २००६ मा ठूलो क्षति व्यहोरेको थियो। खुला सीमाका कारण भारतमा बर्डफ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि जोखिमपूर्ण मानिन्छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : १५ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको