ट्रम्प समर्थकले संसदमा आक्रमण गरेपछि अमेरिकामा हिंसा, मृतक संख्या चार पुग्यो « Khabarhub

ट्रम्प समर्थकले संसदमा आक्रमण गरेपछि अमेरिकामा हिंसा, मृतक संख्या चार पुग्यो


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको थियो । सोक्रममा एक महिलाको प्रहरीको गोली लागेरै मृत्यु भएको थियो ।

ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै उनका समर्थकहरूले त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए ।

ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर गरिएको तारबार तोडेका थिए । केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि  भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन् । उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गरेका छन् ।

उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। त्यहाँ १५ दिनका लागि आपतकाल समेत घोषणा गरिएको छ ।

कर्फ्यू उल्लघंन गरेको आरोपमा सुरक्षाकर्मीले ५२ जना पक्राउ गरेका छन् । अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ११ : ४५ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण