बेलायती अस्पतालमा शय्या अभाव हुनसक्ने चिकित्सकको चेतावनी « Khabarhub

बेलायती अस्पतालमा शय्या अभाव हुनसक्ने चिकित्सकको चेतावनी


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोनाभाइरस सङ्क्रमणका घटना बृद्धि भएसँगै इङ्ल्याण्डका अस्पतालहरुमा शय्या व्यवस्थानमा कठिनाई भएको बताइएको छ ।

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।

बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिबाणु पाइएको बताइएको थियो ।

बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ । यो पहिलो चरणको सङ्क्रमणका समयमा भन्दा बढी हो ।

इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भन्नुभयो,“तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।

क्रिस होपप्सनले बीबीसी रेडियोसँग भन्नुभयो, “हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड–१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।”

चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै सङ्क्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन