चीन–अमेरिकाबीच सहकार्य आवश्यक: जो बाइडन « Khabarhub

चीन–अमेरिकाबीच सहकार्य आवश्यक: जो बाइडन


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका हुन् ।

बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई पनि कुटनीतिक माध्यमबाट समाधान गर्ने सङ्केत राष्ट्रपति बाइडेनले गरेका छन् ।

विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन–अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायहरूको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको छ ।

अमेरिकीहरूले विगत चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्‍याएको चीनको बुझाइ रहेको छ । ट्रम्पको कार्यकालमा चीन–अमेरिका सम्बन्ध एकदम कठीन स्थितिबाट गुज्रिएको थियो ।

वास्तवमा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई पठाएको बधाई सन्देश पठाउँदै चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जीतको आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउन सक्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ६ : ३२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ