भागरथी भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग « Khabarhub

भागरथी भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले बलात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् ।

यो घटना पनि विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै उनले खबरदारी पनि गरेका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु,’ नेता कोइरालाले ट्वीटमा लेखेका छन्,’उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु। बिगतमा निर्मला पन्त घट्नाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस्।’

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : १० बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत