भागरथी भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग | Khabarhub Khabarhub

भागरथी भट्टको हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले बलात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् ।

यो घटना पनि विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै उनले खबरदारी पनि गरेका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु,’ नेता कोइरालाले ट्वीटमा लेखेका छन्,’उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु। बिगतमा निर्मला पन्त घट्नाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस्।’

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : १० बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार