असहाय जेष्ठ नागरिकहरुको प्रेरणा बनिन् नैनकली « Khabarhub

असहाय जेष्ठ नागरिकहरुको प्रेरणा बनिन् नैनकली



पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी ८५ वर्षीया महिला नैनकली भण्डारी गाउँपालिकाकै उदाहरणीय महिला बनेकी छन् । गएको चैतमा कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त भइरहेका बेला म्याग्दीमा पनि कोरोनाले प्रभाव पार्‍यो ।

कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको म्याग्दीमा २ सय ३८ जना संक्रमित भए । तीमध्ये एक दर्जनबढी अझै पनि सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना संक्रमणबाट गुज्रिएको म्याग्दीको रघुगंगा गाउपालिकाले कोरोना संक्रमितहरुको उपचार गर्न कोरोना कोष खडा गरेको थियो ।

कोरोना संक्रमितहरुको उपचारका लागि भन्दै ८५ वर्षीय वृद्धा भण्डारीले आफूले राज्यबाट पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता कोरोना कोषमा जम्मा गर्ने निधो गरिन् ।

भण्डारीले साउनदेखि कात्तिक महिनासम्मको १२ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिदिइन् । कात्तिक यताको रकम पनि उनले सामाजिक सेवामै लगाउने प्रण गरिन् ।

आफूले पाउने सेवाबाट समाजलाई थोरै भएपनि योगदान गर्न सकिने भएपछि नैनकलीले कात्तिक यता सामाजिक सेवा भत्ता नलिने घोषणा गरेकी छन् । आफूले पाउने भत्ता गाउँपालिकाकै असहाय नागरिकलाई प्रदान गर्न उनले आग्रह गरिन् ।

आर्थिक रुपमा सक्षम र आफै जिविकोपार्जन गर्न सक्ने नागरिकले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता असहाय र जिविकोपार्जन गर्न नसक्ने नागरिकलाई सहयोग गर्न पनि उनले अपिल गरिन् ।

आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता राज्यलाई नै फिर्ता गरेर जीविकोपार्जन गर्न नसक्ने अन्य असहाय नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले भत्ता नलिने आमाले स्वेच्छिक निर्णय गरेको उनका छोरा केबी भण्डारीले बताए ।

आमाको यस्तो निर्णयबाट उनका गाउँपालिका अध्यक्ष रहेका उनका अर्का छोरा भबबहादुर भण्डारी मात्र खुशी छैनन्, ८५ वर्षीया वृद्धा भण्डारीको यो निर्णयले सक्षम परिवारका अरु जेष्ठ नागरिकलाई पनि प्रेरणा मिलेको छ ।

आफुले पाउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी नैनकलीलाई शुक्रबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । भत्ता नलिने घोषणा गरेकी भण्डारीलाई गाउँपालिकाले उत्कृष्ट नागरिकका रुपमा सम्मान गरेको प्रमुख प्रशासकीय सुवेदीले बताए ।

गाउँपालिकाले सामाजिक सुरक्षा नियमावली २०७६ नियम १४ मा सामाजिक सेवा गर्नेलाई उत्कृष्ट नागरिकको रुपमा सम्मान गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  २ : ४५ बजे

निर्वाचन लक्षित : पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

मान्म– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा 

बुटवल– नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन

दमौली– तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा

चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान

काठमाडौं– चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ