बैतडी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह « Khabarhub

बैतडी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा बीभत्स हत्या गरी निजलाई फालिएको बुझिएको आयोगको विज्ञप्तिमा छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : १७ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल