कला बुझाउन नवीन्द्रको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ « Khabarhub

कला बुझाउन नवीन्द्रको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’को दोस्रो भाग सार्वजनिक भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा हिजो शनिबार आयोजित कार्यक्रममा प्रा.डा. अभि सुवेदी, कलाकार तथा कला लेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी र कवि डा. गीता थपलिया त्रिपाठीले पुस्तक सार्वजनिक गरे ।

कलाकार तथा कला लेखक चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने बताए । ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी रहेको छ । साथै पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ,’ उनले भने ।

प्रा.डा. सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उपयोगी हुने दाबी गरे ।

डा. विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको बताए । पूर्वसचिव तथा लेखक पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको जनाए ।

लेखक तथा चलचित्र निर्देशक सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए । डा. त्रिपाठीले कलाका विभिन्न वाद बुझ्नका लागि पुस्तक उपयोगी रहेको बताइन् ।

पुस्तकका लेखक राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका फाइदा हुने विश्वासका साथै कृति प्रकाशित गरेको बताए ।

सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका राजभण्डारी नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनरसमेत हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ४० बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष