‘मिस्टर एन्ड मिस रौनियार’ले देखाए प्रतिभा « Khabarhub

‘मिस्टर एन्ड मिस रौनियार’ले देखाए प्रतिभा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कवितावाचन, वक्तृत्वकलाजस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् । एमी इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् ।

जसमध्ये ११ जना काठमाडौंका र १० जना विराटनगरका रहेका छन् । काठमाडौंका ११ जना प्रतियोगीले काठमाडौंका जमलस्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट शो देखाएका हुन् ।

ट्यालेन्ट शोमा प्रतियोगीहरु आचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनिया र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए । सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हसाउदा खुस्बु रौनियारले कविता सुनाइन् । अर्की प्रतियोगी नन्दिनी रौनियारले नारी यौन हिंसाबारे आफ्नो धारणा राखिन् ।

ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अंकित रौनियारले विभिन्न गीतहरु गाएर आफ्नो प्रतिभा देखाए ।

ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणधीर शाह, सञ्चारकर्मी सरिता भारती, ‘मिस रौनियार २०१९’ विजेता प्रिती रौनियार र मोडल तथा कलाकार भरत रौनियार थिए ।

राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोश्रो संस्करणको यो प्रतियोगिताको फिनाले आगामी फागुन २९ गते शनिबार नाचघरमा हुँदैछ ।

यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरुमा विराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : २० बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको