मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सयभन्दा बढी श्रमिक पक्राउ « Khabarhub

मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सयभन्दा बढी श्रमिक पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाको अध्यागमन बिभागले गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा उनीहरु पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका नागरिक छन् । पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानुनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष बीचका रहेको विभागले जनाएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाईएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका गैरकानुनी कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर गैरकानुनी तरिकाले बसेकालाई स्वदेश फर्काईरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ४५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग